भूटानका कप्तान चेन्चो मछिन्द्र क्लवमा अनुबन्धित

admin

काठमाडौं, चैत २० : सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ ।

मछिन्द्रले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै भुटानी रोनाल्डोको नामले प्रख्यात चेन्चो लिगको छैटौं चरणमा मछिन्द्रको जर्सीमा देखिने छन् । चेन्चोले हालै भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेलेका थिए ।

पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ । चेन्चो प्रधानमन्त्री थ्री नेसन्स कपपछि नेपालमै रहेका छन् । थ्री नेसन्सपछि चेन्चोले मछिन्द्रको टोलीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रतिक्रिया