कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

admin

काठमाडौं, चैत २३ : कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो ।

जनस्वास्थ्यसँग जोडिएर संवेदनशील मानिएको स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन हुँदा पछिल्लो समयमा बढ्दै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणसम्बन्धी नीतिगत निर्णय गर्न कठिनाइ भएको मन्त्रालय स्रोतले बताएको छ ।

सरकारमाथि समयमै मन्त्री नियुक्त नगरेर जनताको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा कोभिड र डेंगु संक्रमणको त्रास बढ्दो छ ।

मन्त्रालयका अर्का एक सहसचिव भन्छन्– ‘मन्त्रालयको मुख्य निर्णयकर्ता नै लामो समयसम्म नभएपछि सम्बन्धित मन्त्रालयअन्तर्गतका सबै क्षेत्रमा असर पर्ने नै भयो । क्याबिनेट मन्त्री नै नभएपछि नीतिगत निर्णय प्रक्रियामा ढिलाइ हुने र त्यसको प्रत्यक्ष असर सेवाग्राहीसम्म पर्ने हुन्छ ।’

सरकारले दिने सेवा प्रवाह समयमै नहुँदा नागरिकस्तरमा सरकारप्रति नैराश्यतासँगै अविश्वास बढ्ने र लोकतन्त्र नै खतरामा पर्नेसम्मको अवस्था आउन सक्ने उनी बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया