प्राचीन नेपाल-तिब्बत ब्यापार सम्बन्धमा ´भोटमा नेपाली पहिचान र पराक्रम’ लोकार्पण

admin

काठमाडौँ, २३ चैत : बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले नेपाली व्यापारीहरुले भोटमा गरेको पराक्रमले नेपालको राजधानी काठमाडौंको उन्नती प्रगति भएको बताएका छन् ।


प्रा.डा. तीर्थप्रसाद मिश्रले लेखेको ‘भोटमा नेपाली पहिचान र पराक्रम’ नामक पुस्तकको बुधवार रसियन कल्चर सेन्टरमा विमोचन गर्दै मानन्धरले सो कुरा बताएका हुन् । उनले भोटमा नेपाली व्यापारीहरुको बर्चस्व रहेको बेलाको विगत हेर्दा नेपालीहरु अन्तराष्ट्रिय व्यवपारमा पोख्त रहेको पुष्टि हुने बताए ।

पुस्तकमाथी टिप्पणी गर्दै त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. नवीन प्रकाशजंग शाहले भोट र नेपालबीचको सम्बन्धको बारेमा डा. मिश्रले लेख्नु भएको पुस्तकले नेपालीहरुले गौरवान्वित हुने अवसर जुरेको बताए । पुस्तकको टिप्पणी गर्दौ प्रा.डा. राजकुमार पोखरेलले पुस्तकले नेपाली व्यापारीहरुले भोटमा व्यापार गर्न राम्रो अवसर पाएको र भोटले नेपाली व्यापारीहरुलार्ई कोठी खोल्ने सुविधाहरु दिएर नेपालको मुद्रा समेत भोटमा चल्ने अवस्था सृजना हुनुलाई नेपालको राष्ट्रिय पहिचानका लागि यो पुस्तक एउटा दस्तावेज नै भएको बताए ।

पुस्तकका बारेमा लेखक प्रा. डा. तीर्थप्रसाद मिश्रले सबैको साथ र सहयोगले नियमित रुपमा पुस्तक लेख्ने हौसला प्राप्त भएको बताए । मिश्रको पुस्तक प्रकाशन संयोजक मिलिजुली प्रकासन समूहले गरेको छ ।

प्राध्यापक मिश्रले पुस्तकको माध्यमबाट नेपाल र भोटको सम्बन्धका बारेमा उजागर गरेर अहिलेको तिब्बतसंगको हाम्रो सम्बन्धलाई पुरानो संझनाका आधारमा नियमित र सक्रिय बनाउन सहयोग पुगोस भन्ने चाहेको बताए ।

दुई दर्जनभन्दा बढी पुस्तक लेख्नु भएका डा. मिश्रले पछिल्लो समय कोरोनाको कहरको बेला कोरोनाको प्रभाव र आफ्नो जीवनको कथासंग जोडेर दुईबटा पुस्तक सार्वजनिक गरिसकेका छन् ।

 

प्रतिक्रिया