त्रिवेणी धाम राताशीलामा कोटीहोम महायज्ञ

admin

काठमाडौं, २४ चैत्र :  त्रिवेणी धाम राताशीलामा विराट कोटीहोम महायज्ञ सुरु भएको छ । सुदूरपश्चिमको बैतडी पुर्चुडी नगरपालिकाको त्रिवेणी धाम राताशीलामा विराट कोटीहोम महायज्ञ सुरु भएको हो । गत चैत्र १० गतेदेखि व्यासाचार्य खेमराज ओझाको प्रवचनमा महायज्ञ चलिरहेको छ ।

धार्मिक तथा पौराणिक महत्व रहेको उक्त स्थानमा पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि महायज्ञको आयोजना गरिएको आयोजक गरिएको हो।

महायज्ञलाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पूर्वमन्त्री डा.रामचन्द्र अधिकारी लगायत हजारौं हिन्दु धर्मावलम्बीहरुको उपस्थितिमा रहने आयोजक समितिका अध्यक्ष वकिल बहादुर धानुकले जानकारी दिए ।

 

प्रतिक्रिया