Home

मन्त्रिपरिषदको निर्णय : सिंहदरबार र बालुवाटारको फोहर उठाउन पहल गर्ने

admin

काठमाडौं, चैत २८ : सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो।

‘काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय भएको छ।’ सरकारकी प्रवक्तासमेत रहेकी संचार मन्त्री रेखा शर्माले भनिन्।

महानगरले तीन दिनदेखि सिंहदरबार, शीतल निवास, बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएको छ। केन्द्र सरकारले आफूलाई आवश्यक समन्वय नगरेको भन्दै महानगर प्रमुख बालेन साहले फोहोर संकलनमा रोक लगाएका हुन्।

बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषदको पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन्। बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया