संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माओवादी केन्द्रकाे माग

admin

काठमाडौं, चैत २८ : नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसंगसम्बन्धी बिधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गोमा पुराउनका लागि संक्रमणकालीन न्यायसंगसम्बन्धी बिधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको हो ।

बैठकले संवैधानिक परिषद् र सम्पती शुद्धिकरणसंगसम्बन्धी बिधेयकलाई पनि छिटो पारित गर्नमा लागि माग गर्ने निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिधेयकहरु अघि बढाउदा प्रतिपक्षीसहितका दलहरु सहमति खोज्नुपर्नेमा जोड दिनुभएको थियो । संक्रमणकालीन न्यायका बिषयमा पनि शीर्ष तहमा छलफल गरेर समझदारी गरेर जाने तयारी भइरहेको पनि प्रधानमन्त्रीले बताउनुभएको पाण्डले बताउनुभयो ।

संसदीय दलको बैठकले दलको बिधान परिमार्जनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्रै संशोधन सहिहतको आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया