थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित

admin

काठमाडौँ, ३ वैशााख : आज आइतबार देशभर ९९ जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १ हजार ६०४ जनाको नमूना परीक्षणमा ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ३७७ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७ जना संक्रमित संस्थागत आइसोलेशनमा, ११ जना आइसियू र ४ भेन्टिलेटरमा उपचाररत रहेका छन्।

आज ५० जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया