बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

admin

काठमाडौँ, ४ वैशाख : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मेयर बालेनको सिंहरदरबार परिसर भित्रको फोहोर नउठाउने निर्णयविरुद्ध आज (सोमबार) सर्वोच्चमा रिट दायर भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन्।

 

प्रतिक्रिया