राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएन, थप उपचारका लागि भारत लैजाने

admin

काठमाडौँ, वैशाख ६ : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने भएको छ । पेटमा समस्या भयो भन्दै गत चैत १८ गते उनी पहिलो पटक त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । त्यसपछि जाँच गर्दा उनको छातिमा समस्या भएको पाइएको थियो ।

त्यसपछि चिकित्सकको निगरानीका सार्थ एन्टिवायोटिक औषधि चलाइएको थियो । तर एन्टिवायोटिकको डोज पूरा गर्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि उनी मंगलबार पुन अस्पताल भर्ना भएका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लगिने तयारी छ । उनको उपचारमा सरकारले पनि पहल गर्नेछ । सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको हो ।

 

प्रतिक्रिया