अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक प्रतिनिधिसभाबाट पारित

admin

काठमाडौँ, वैशाख ६ : प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।

प्रस्तावमाथि सांसदहरूले उठाएका विषयमाथि धारणा राख्दै मन्त्री शर्माले भ्रष्टाचारका स्वरुप परिर्वतन भएकाले प्रभावकारी नियन्त्रणका लागि ऐन संशोधनको आवश्यकता परेको बताइन्।

उनले आयोगमा हुने नियुक्ति संविधानको व्यवस्थाबमोजिम मात्र हुने उल्लेख गर्दै संशोधनमा छुटेका विषय दफावार छलफलका क्रममा विस्तृत छलफल गरी समेटिने विश्वास व्यक्त गरिन्। विधेयकको सैद्धान्तिक पक्षमाथि सांसदहरुले छलफल गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते मंगलबार दिउँसो १ बजे बस्नेछ।

 

प्रतिक्रिया