काठमाडौँ, ९ वैशाख : मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ ।
शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेपछि एमालेको सरकार ढलेको हाे ।
सरकारलाई समर्थन गरेको दलमध्ये माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिनुभएकाे थियाे ।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवस्यक थियो । उहाँको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उहाँलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् ।
माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिनु भएकाे थियाे।