काठमाडौंको आकाशमा आगो देखिएको जहाज दुबईमा सुरक्षित अवतरण

admin

काठमाडौँ, १२ वैशाख : काठमाडौं विमानस्थलबाट उडेको केहि मिनेटमा चरा ठोक्किएर आकाशमै ठूलो आवाजसहित आगो देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ।


एफजेड ५७६ नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ बजेर ११ मिनेटमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दुबईको सरकारी सञ्चारमाध्यम दुबई मिडिया अफिसले जनाएको छ।

उक्त जहाज उडेको केही मिनेटमा चरासँग ठोक्किएको र, ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएर सुरक्षित अवतरण गराएको उक्त सञ्चारमाध्यमले लेखेको छ।

काठमाडौंमै आकस्मिक अवतरणनको तयारी गरिए पनि समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिए।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए। विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो।

प्रतिक्रिया