काठमाडौँ, १२ वैशाख : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राख्नु भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रको मतगणना जारी छ ।