नउठ्ने कर्जाको थुप्रो, समस्याको पालो बैंकिङ क्षेत्रमा ?

admin

काठमाडौँ, १२ वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा औषतमा ३ प्रतिशतभन्दा माथि पुगेको छ ।

२१ वाणिज्य बैंकमध्ये हिमालय बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । यो तथ्यांकले अब समस्याको पालो बैंकिङ क्षेत्रको हो कि भन्ने बहस सिर्जना गराएको छ ।

अघिल्ला वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या आएको थियो । यो वर्ष त्यो समस्या समाधान भएपनि आन्तरिक पाटोमा भने झनै ठुलो समस्या आएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बैंकिङ क्षेत्रले प्रवाह गरेको कर्जा फिर्ता नआउँदा समस्यामा जाने अब यो क्षेत्र हो कि भन्ने संकेत गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया