पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

admin

काठमाडौँ, १३ वैशाख: पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनामा परीक्षण गर्दा ८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ३७ र एन्टीजेनबाट ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यससँगै सक्रिय संक्रमितको ३६१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया