कर्मचारीको सेवा सुविधाका लागि कानुन मिचेर करोडौं रूपैयाँ खर्च

admin

काठमाडौँ, २३ वैशाख : स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रूपैयाँ खर्च गर्ने गरेको पाइएको छ ।

जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको करोडौं रकम खर्च गर्ने गरेको महालेखाको कार्यालयले जनाएको छ ।

महालेखाका अनुसार सर्वसाधारणलाई नियम कानुनको कुरा गरेर कहिले नथाक्ने कर्मचारीहरूकानुन मिचेर इन्धन खर्च र सवारीमा करोडौं रूपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखाका परीक्षक टंकमणिशर्मा दंगालले यसलाई सुधार गर्नुपर्ने विषयमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया