Home

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, ५ जना घाइते

admin

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । माथिल्लो अरुणको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटनाबारे स्थानीयले जानकारी गराएपछि घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली सेना भने घटनास्थलमा पुगिसकेको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ भोटेका अनुसार सिप्रुङको जिजिङ्खामा माथिल्लो अरुण हाइड्रोको सामान लैजाँदै गरेको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टरमा सवार ५ जना घाइते भएका छन् ।

पाइलट र को-पाइलटको नाम खुलेको छैन । हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएका छन् ।घाइतेलाई नेपाल आर्मीको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको अध्यक्ष वाङ भोटेले जानकारी दिए ।

प्रतिक्रिया