आज डीभीको नतिजा प्रकाशन गर्दै अमेरिका

admin

काठमाडौँ, वैशाख २३: आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।

यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।

नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुने छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।

कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।

आज राति ९:४५ पछि यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया