चलचित्र ´सानिमाया´मा मुख्य भूमिकामा देखिदै अर्जुन थापा

admin

काठमाडौँ :  8848 इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा नयाँ चलचित्र ´सानिमाया´ बन्ने भएको छ । गोकुल सुबेदीको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘सनिमाया’ को शुभ-मुर्हत गत बुधबार भद्रकाली मन्दिरमा पुजा गरि शुभारम्भ गरिको थियो ।

राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमालले गर्ने भएका छन् भने मुख्य सहायक निर्देशक नवीन काफ्लेको रहने छ ।

चलचित्रमा नायक अर्जुन थापा, प्रियन्का श्रेष्ठ, स्वेक्षा ढकाल, अभिषेक फुँयाल, आदीको मुख्य भुमिका रहनेछ भने रामचन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलवाल, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ।

चलचित्र आगामी जेष्ठ १५ गते बाट शुटिङमा जाने निर्माण पक्षले जनाएको छ । चलचित्रमा शंकर अधिकारी घायलको गीत रहनेछ । ओयसआर डिजिटल चलचित्रको डिजिटल पार्ट्नर रहेको छ ।

शुभ-मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व-अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राइको प्रमुख आतिथ्य रहेको थियो ।

उनले चलचित्र बनाउनु ठूलो कुरा नरहेको तर राम्रो चलचित्र बनाउन भने चुनौती रहेको र राम्रो चलचित्र बने कलाकार नयाँ र पुरानोले खासै फरक नपर्ने बताए । त्यस्तै निर्देशक देव धिमालले राम्रो चलचित्र बनाउनेमा आफू बिश्वस्त रहेको बताए।

प्रतिक्रिया