Home

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन: माधव नेपाल

admin

काठमाडौं, वैशाख २४ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताउनुभएको हो । उहाले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाब सामू कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गर्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भईसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताउनु भयो । उहाँले कोशी नामाकरण कुनै धर्म र संस्कृति संग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया