यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, वैशाख २६ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५८ पैसा र बिक्री दर १३१ रूपैयाँ १८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २६ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ३७ पैसा र बिक्री दर १६६ रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया