Home

विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

admin

काठमाडौं, वैशाख २६ : अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसअघि विदेशबाट नेपाल फर्किने नेपालीले आफूले चलाउने मोबाइलमात्र ल्याउन पाउने व्यवस्था रहेको थियो । स्वदेश ल्याउने मोबाइलमा एमडीएमएस प्रणाली लागू गर्ने पनि सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया