Home

खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन

admin

काठमाडौं, वैशाख २८ : भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको छ ।

खाँण गृहमन्त्री भएका बेला खाँण र उनकै रुचिमा ल्याइएका सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूको प्रभावमा परी मन्त्रालयमा रहेको सक्कली प्रतिवेदन नै गायब पारेर नक्कली प्रतिवेदन बनाएको खुलासा भएको हो ।

सरकारले खाँणकै पालामा ल्याइएका अर्का गृहसचिव विनोदप्रकाश सिंहलाई पनि मंगलबारदेखि हटाएको छ । सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरी गृह मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेश भट्टराईलाई ल्याइएको छ ।

खाँण पक्राउ गर्नुपूर्व मंगलबार उनैले ल्याएका सचिव सिंहलाई पनि गृह मन्त्रालयबाट हटाइएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया