बालकृष्ण खाणलाई कांग्रेसले अहिल्यै निलम्बन नगर्ने

admin

काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाजसमेत उठेको थियो। यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष बैठकले निकालेको छ।

प्रतिक्रिया