काठमाडौँ, २९ वैशाख : आफूलाई कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन् ।
राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको बताए । उनले भने, ‘हामीले अनुसन्धान सुरू गरेका छौं ।’