Home

संघीय शिक्षा ऐन लागू गर्न माग गर्दै शिक्षक महासंघले प्रदर्शन

admin

काठमाडौं, वैशाख २९ : संघीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौंको माइतिघर तत्काल संघीय शिक्षा ऐन लागू गर्नुपर्ने, बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने लगाएतका माग राख्दै महासंघले प्रदर्शन गरेका हुन् ।

उनीहरुले विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने, ६० बर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक विदाई गर्नुपर्ने, बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग पनि राखेका छन् ।

त्यस्तै उनीहरुले यसअघि महासंघसंग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुले जनाएका छन् । आफ्ना मागहरु पुरा नभए निरन्तर प्रदर्शन गरिरहने उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया