देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : पर्यटनमन्त्री किराती

admin

काठमाडौं, वैशाख ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताउनुभएको छ ।

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताउनुभएको हो ।

नेपालीलाई सुख र नेपालको बिकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राख्नुभयो ।

मन्त्री किरातीले अव ढिलो नगरि ठूला ठूला भ्रष्टाचारका फाइलहरु खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरु नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाले समय भन्दा ठूलो केहि नभएको जिकिर गर्नुभयो ।

अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उहाको भनाइ छ । कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अग्रेजी शव्दकोष बिमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया