प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड

admin

काठमाडौं, वैशाख ३० : नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले बिशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो ।

राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

बैठकले बिभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ, जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सवै काण्डहरुको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरुलाई रोक्नुपर्ने लगाएतका रहेका गुरुङले बताउनुभयो ।

बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजक गराएको गुरुङले जानकारी दिनुभयो । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको बार्षिक कार्यायोजना पनि पारित गरेको छ ।

बैठकले भौतिक रुपमा नै उपस्थीति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।

बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताउनुभयो । सूचना पाएर पनि तीनपटक कुनै पनि बैठकमा उपस्थीत नहुने सदस्यलाई कमिटीबाट विदा गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।

बैठकका समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता नमान्ने हल्लाको प्रतिवाद गर्दै संघीयतामाथि पुनर्विचार नगर्ने स्पष्ट पार्नुभएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकले पार्टीलाई शसक्त बनाउनका लागि युवा परिचालनलाई जोड दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया