अनुप्रस्थले ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने

admin

काठमाडौं, वैशाख ३१ : चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिवार च्यारिटी कन्सर्ट गर्ने भएको छ ।

शनिवार एक प्रेस मिटको आयोजना गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको अनुप्रस्थ फाउन्डेसनले जानकारी गरायो ।

भोकलिस्ट निरन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहितझ गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको हो । म्युजिक टु हिल एन्ड हेल्पु च्यारिटी कन्सर्ट ुकाल्मु टङगालवुड, नक्सालमा हुँदै छ ।

च्यारिटी कन्सर्टमा नेपालका चर्चित कलाकार तथा ब्यान्डको सहभागिता रहनेछ जसमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, द एलिमेन्टस् , इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहने छ ।

नेपाल डाईरिजको व्ययवस्थापनमा रहेको यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजक बिना शुल्क क्यान्सर पिडितका उपचारका लागि सहयोग गर्ने भएका छन् । यस कार्यक्रम र डोनेसनबारे सम्पूर्ण जानकारी अनुप्रस्थ फाउन्डेसन तथा अनुप्रस्थ ब्यान्डको सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ ।

 

प्रतिक्रिया