अनामनगरमा महानगरको डोजर

admin

काठमाडौँ, १ जेठ : काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनाधिकृत संरचना भत्काएको छ ।

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो । उक्त संरचना अनाधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

भवन भत्काउनु अघि संघका व्यक्तिहरुले विना जानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए । पाण्डेले भने पटक पटक जानकारी गराउदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको बताउनुभयो । उहाले महानगरको अनाधिकृत संरचना हटाउने अभियानबाट फिर्ता नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया