काभ्रेको सामुदायिक साकोस लुटपाट गरेको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

admin

काभ्रे : जिल्ला प्रहरी कार्यालयपलाञ्चोकले पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदाियक साकोस लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेकासार्वजनिक गरेको छ ।

आज धुलिखेलमा पत्रकार सम्मेलन गरेर प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका हुन् । उनीहरुलाई काठमाण्डौ र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।

उनीहरुलाई आजै जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । गत वैशाख १९ गते सहकारीबाट करिब ३३ लाख रूपैया चोरी गरी फरार रहेका थिए ।

प्रतिक्रिया