सांसद गौतमलाई अनसन तोड्न मन्त्री ज्वालाको आग्रह

admin

काठमाडौँ, जेठ ४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काँग्रेसका सांसद संजय गौतमलाई अनसन तोड्न आग्रह गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै अनसन तोड्न आग्रह गर्नुभएको हो ।

जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने डुबान र कटानको कारण जोखिममा रहेका स्थानमा तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने माग राख्दै सांसद गौतम अनसन बस्दै आउनुभएको छ ।

मन्त्री ज्वालले पुल निर्माणका लागि प्राविधिक परिक्षण भइसकेको भन्दै नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने जानकारी दिनुभयो ।

उहाले यसअघि भौतिक पूर्वाधार मन्त्रालयसंग जोडिएको आयोजनाहरुको म्याद सकिने बेलासम्म काम सम्पन्न नगर्नेहरुलाई आयोजनाबाटै हटाउने बताउनुभयो ।

मन्त्रालयले जनताले प्रत्यक्ष उपभोग गर्न पाउनेगरि बिकासका आयोजनालाई छिटै सम्पन्न गर्न तत्परताका साथ काम गरिरहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया