नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

admin

काठमाडौँ, जेठ ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन् ।


काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थीत गराईको थियो । उनलाई शरणार्थी प्रकरणमा भएको ठगिमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले अदालतमा उपस्थीत गराएको छ ।

पक्राउ परेका दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिनुभयो ।

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझी लगाएतलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया