काठमाडौँ, जेठ ६ : शनिबार पहाडी जिल्लाका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी पहाडमा मध्यमदेखि क्षणिक वर्षाको सम्भावना छ। विशेषगरी कोशी र मधेश प्रदेशका तराईका जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना छ।
काठमाडौं उपत्यकामा अपराह्नदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यस्तै आज कोशी, गण्डकी लगायतका पहाडी भूभागमा राति पनि पानी पर्ने सम्भावना छ।