Home

व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुने गरी करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

admin

काठमाडौँ, जेठ ६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित बर्गलाई फाइदा हुने गरि करको दर हेरफेर नहुने स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेर लगाएतका नीतिगत भ्रष्टाचार नहुने र नदिने स्पष्ट पार्नुभएको हो ।

समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक बर्षको बजेट आउने उहाले बताउनुभयो । उहाले मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने लगाएतका कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाले अहिले आर्थिक बर्षको नौ महिनापछि बजेट उपलव्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृतिलाई आफुले रोकेको जानकारी दिदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताउनुभयो ।

बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रति हुने उहाको भनाइ छ । अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भएपनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थानमा रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने बिषयमा समिक्षा हुन जरुरी रहेकाले समिक्षा मार्फत खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चूनौतिलाई ध्यान दिन सुझाव दिएका थिए । एमाले सांसद सुर्य थापाले उपभोग्य बस्तुको परनिर्भरतालाई कम गर्न मुलुकमा उत्पादन बढाउने र आयात कम गर्ने योजनाको अभाव रहेको भन्दै यसमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।

त्यस्तै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले बिगत १० बर्षदेखिको बजेट हेदा कार्यान्वयनको खाँचो रहेको रहेको भन्दै यसमा ध्यान दिन सुझाव दिनुभयो । उहाले बजेटको प्राथमिकतालाई पनि ध्यान दिएर बिनियोजन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै समिति सदस्यहरु विराजभक्त श्रेष्ठ, भवानी खापुङ, ज्ञानेन्द्र शाहीलगायतले बजेटलाई कर्मकाण्डी मात्रै नवनाएर मुलुकको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुन सुझाव दिएका थिए ।

प्रतिक्रिया