भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउँछु : प्रधानमन्त्री दाहाल

admin

काठमाडौँ, जेठ ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा अखिल नेपाल टे«ेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

उहाले केहि रेकर्डहरु नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारबिरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भएपनि आफुहरु संसदलाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पार्नुभयो ।

उहाले अहिले पनि केहि मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेर नै छलफलमा बसेको पनि बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहि पनि नछुट्ने र निर्दोष कोहि पनि नपर्ने गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उहाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जना लगाएतका बिषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया