नीति तथा कार्यक्रममा धेरै कार्यक्रम समेटिएका छन् तर कार्यान्वयनमा शंका छ : पूर्वप्रधानमन्त्री नेपाल

admin

काठमाडौँ, जेठ ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको भन्दै मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष नेपालले सरकारको कार्यक्रमका कागजको खोस्टो नभएर बिभिन्न उदेश्य भएको दस्तावेज भएकाले सवै मिलेर मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताउनुभएको हो ।

सरकारको कार्यक्रममार्फत देशका सामु देखिएका समस्या पहल्याएको र समाधानको बाटो अघि सारेको उहाले बताउनुभयो । उहाले अर्थतन्त्रको पुर्नउत्थान गर्ने, सुशासनको बिषय, बिकास निर्माण कार्यक्रममा तीव्रता, राष्ट्रिय हितको सम्वद्र्धन गर्ने लक्ष्य लगाएतका उदेश्य सकारत्मक रहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कुनै पनि दस्तावेजहरु पूर्ण नहुने भन्दै सवैको सुझावलाई मध्यनजर गरि पूर्ण बनाउन सुझाव दिनुभयो ।

उहाले यसअघि बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो भनेर समिक्षा गर्नुपर्ने भन्दै एकअर्का प्रति घोचपेच गरेर केहि नहुने बताउनुभयो । व्यक्तिवादी रोग र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृतिबाट मुक्त भएर अघि बढ्नुपर्ने उहाको भनाइ छ । उहाले भ्रष्टाचारको जाँलोलाई तोड्नका लागि इमान्दार र लगनशिल भएर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

उहाले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा चूनौति देखिएको भन्दै यसमा राजनीति दलहरु र जनताले विश्वास गरेका प्रतिनिधिहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया