सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौं, ९ जेठ : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया