पक्राउ परेकाको बयानमा कतै स्वीकार, कतै अस्वीकार

admin

काठमाडौँ, जेठ १० : नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ ।

उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका नेताहरूले इन्कारी बयान दिएका छन् ।

प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेका आरोपीहरूविरुद्ध सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढेको छ । आरोपीहरूलाई राज्यविरुद्धको र सांगठिक अपराध अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीले इन्कारी बयान दिनुभएको छ । खाँणले बयानमा भन्नुभएको छ ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन । म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु ।’

यस्तै, खाँणका स्वकीय सचिव केसीले पनि इन्कारी बयान दिनुभएको छ । आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक–पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया