काठमाडौँ, १० जेठ : भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ ।