कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत

admin

काठमाडौँ, जेठ ११ : २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्कनुभएका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उहाले २८ औँ पटक आरोह गर्ने किर्तिमानी कायम गर्नुभएको हो ।

काठमाडौं आएपनि कामीरिताले आफुले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताउनुभयो । उहाले बिदेशीहरुलाई सफल रुपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रुपमा पनि फाइदा हुने जिकिर गर्नुभयो ।

सगरमाथा क्षेत्रमा काम गर्ने आफुजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उहाको भनाइ छ । कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गर्नुभयो ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ ।

प्रतिक्रिया