पशुपतिको जलहरीबारे छानबिन गर्न संसदीय समिति बनाउन माओवादी सांसदको माग

admin

काठमाडौँ, जेठ १२ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अख्तियारले समय यस बिषयमा अनुसन्धान गरिरहेको र आफुले त्यही बिषयमा सदनमा कुरा राखेको समेत बताउनुभयो ।

उहाले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको र आफुले कुनै संसदीय मर्यादा उलंघन नगरेको जिकिर गर्नुभयो ।

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफुले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरुलाई आफुले उजागर गरेको उहाले बताउनुभयो ।

उहाले आफुले तथ्यका आधारमा नै भ्रष्टाचारको बिषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोहि मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गर्नुभयो ।

पशुपतिमा जलहरी राखेको बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो ।

 

प्रतिक्रिया