Home

ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौँ, जेठ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताउनुभएको छ ।

मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरवार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताउनुभएको हो ।

उहाले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्ने समेत बताउनुभयो । माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राख्नुभयो ।

राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङ मार्फत हुने भ्रष्टाचारबिरुद्ध दरोसंग उभिने संकल्प गरेको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केहि नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताउनुभयो । उहाले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया