माओवादी केन्द्रले गर्‍यो कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान

admin

काठमाडौँ, जेठ १६ : नेकप माओवादी केन्द्रले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गर्नुभएका हरि बुढामगरलाई सम्मान गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमकाबीच माओवादीले बुढामगरलाई सम्मान गरेको हो । बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्नुभएको थियो ।

उहाले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ । सम्मान कार्यक्रममा बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले अवसर दिएर सक्षम नागरिक बनाउनुपर्ने बताउनुभयो ।

सगरमाथामार्फत अपांगताको क्षेत्रमा सचेतना दिने कोशिश आफुले गरेको उहाले बताउनुभयो । उहाले यसअघि सरकारले सगरमाथा चढ्न निषेध गरेपछि सर्वोच्चमा गरेर मुद्दा लडेपछि सगरमाथा चढ्न पाएको जानकारी दिनुभयो ।

त्यस्तै बुढामगरलाई सम्मान गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समाज परिवर्तन गर्ने बुढामगरको अभियानलाई माओवादीले सहयोग गर्ने बताउनुभयो ।
रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।

प्रतिक्रिया