मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत छ : अर्थमन्त्री महत

admin

काठमाडौं, १७ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत रहेको दावी गर्नुभएको छ ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा समावेश नीतिहरुले मुलुकको आर्थिक अवस्था सुधारका लागि भूमिका खेल्ने बताउनुभएको हो ।

उहाले प्रशासनिक खर्च न्युनिकरणका लागि बजेटमार्फत इमान्दार प्रयास भएको जिकिर गर्नुभयो । पूजीगत खर्चको प्रभावकारीता बढाउन थाले बैदेशिक सहयोग परिचालन हुने र थप सहयोग आउने ढोकाहरु खोलिने उहाले बताउनुभयो ।

अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदले खर्च गर्न नपाउने तर सांसदले सिफारिस गरेको आधारमा संघले बजेट दिने जानकारी दिनुभयो ।

उहाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्ने नीति सरकारको नभएको भन्दै बिधुतिय सवारी साधानलाई प्रोत्साहन गर्ने नीति रहेको स्पष्ट पार्नुभयो । त्यस्तै उहाले सेयरमा लगानी गरेकाहरु आयकरको दायरामा नपर्ने भन्दै कोहि पनि लगानीकर्ता आत्तिनु पर्ने कारण नरहेको बताउनुभयो ।

 

प्रतिक्रिया