नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा काठमाडौंमा प्रदर्शन

admin

काठमाडौँ, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।

उनीहरुले देश वेच्न पाईदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरु होसियार लगाएतका नारावाजी गरेका थिए ।

त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।

प्रतिक्रिया