ए डिभिजन लिग फूटबलमा मछिन्द्रले सातदोबाटोलाई हरायो

admin

काठमाडौँ, जेठ १७ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।


बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जीतमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए । खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो ।

जितसंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ । त्यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लव र संकटा क्लवले गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । संकटाले २३ खेलमा २७ अंक जोडेको छ ।

प्रतिक्रिया