काठमाडौँ, जेठ १८ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।