वरिष्ठ पत्रकार गोविन्द प्रधानको निधन

admin

काठमाडौँ, जेठ १९ : वरिष्ठ पत्रकार गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बिहीबार उनको निधन भएको परिवारले जनाएको छ।

प्रधानको पशुपति आर्घघाटमा बिहीबार साँझ दाहसंस्कार गरिएको छ। तत्कालीन ‘नयाँ नेपाल दैनिक पत्रिका’को सम्पादक रहेका प्रधान प्रजातन्त्र पुनःस्थापना भएपछि राससको अध्यक्ष एवं महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए।

राससको स्थापनापछिका प्रारम्भिक दिनमा उनी सम्पादक थिए। उनले गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारीमा पनि रहे। अन्नपूर्ण पोष्ट दैनिकमा उनले संस्थापक प्रधानसम्पादकको भूमिका निर्वाह गरे।

काठमाडौँको किलागल निवासी प्रधानको स्वास्थ्यमा समस्यादेखिएपछि उहाँ अस्पताल भर्ना भएका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया