बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता हुने

admin

काठमाडौँ, १९ जेठ : बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता आयोजना हुने भएको छ ।

रग्बी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जेठ २० र जेठ २१ गते भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेश मध्ये कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने महासचिव घिमिरेले बताउनुभयो ।

प्रतियोगिताबाट संघले कतारमा संचालन हुन गईरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्स– २०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनौट गरिने जनाएको छ ।

प्रतिक्रिया